Logout

चर्चामा

प्रहरी प्रो–एक्टिभ हुन टेक्निकल इन्टेलिजेन्स अनिवार्य

192 Shares

 

२६ माघ, काठमाडौं – एआई ९आर्टिफिसियल इन्टेलिजेन्स को प्रभावले अपराध अनुसन्धानमा चुनौती थपिरहेको छ। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतका उच्च अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन्।

अन्तर्क्रियामा आईजीपी कार्कीले भने, “बदलिंदो प्रविधि र एआईको प्रयोगबाट फैलिने डिप फेक तथा गलत सूचनाले अपराध अनुसन्धानमा प्रभाव पार्न सक्छ। यसका लागि एड्भान्स एनालेटिक सेल गठन अपरिहार्य भएको छ।”

अपराध अनुसन्धान विभाग प्रमुख एआईजी सुशील सिंह राठौरले मिसइन्फरमेशन, डिसइन्फरमेशन र डिपफेकले अपराध अनुसन्धानमा चार मुख्य समस्याहरू उत्पन्न गर्न सक्ने बताए। उनले सामाजिक अशान्ति, प्रहरीमा विश्वासको कमी, दोषीको पहिचानमा कठिनाई र अनुसन्धान जटिल हुने बताए।

पूर्वएआईजी सुरेन्द्र बहादुर शाहले पनि यस्ता गलत सूचनाहरू चाँडै तथ्यांक सहित सार्वजनिक गर्न आवश्यक रहेको बताएका छन्। पूर्वएआईजी बमबहादुर भण्डारीले भने, “ह्युमन इन्टेलिजेन्स मात्र भए प्रहरी रिएक्टिभ हुन्छ, प्रो–एक्टिभ हुन टेक्निकल इन्टेलिजेन्स आवश्यक छ।”

उक्त कार्यक्रमले प्रहरीलाई भविष्यमा एआई र प्रविधि आधारित चुनौतीसँग जुध्न टेक्निकल इन्टेलिजेन्स युनिट स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार