Logout

चर्चामा

राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया नबनोस्  डा। बेदुराम भुसालको बिदाइ सम्बोधन

170 Shares

 

काठमाडौं, २६ माघ – राष्ट्रिय सभा सदस्य डा। बेदुराम भुसालले राष्ट्रिय सभालाई आगामी दिनमा प्रतिनिधि सभाको “छाया” जस्तो नबनाइ, छुट्टै पहिचानसहितको प्रबुद्ध र सक्रिय संस्था बन्ने कामना गरेका छन्।

सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै डा। भुसालले भने,

“यो सभा प्रतिनिधिसभाको छाया जस्तो नबनोस्। सधैं छुट्टै पहिचानसहित कानुन निर्माणमा सक्रिय, मूल्यांकन र समयमै काम गर्ने सभा बनिरहोस्।”

डा। भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। विगत ६ वर्षमा उनले राष्ट्रिय सभामा बसेर कानुन निर्माण, सरकारी नीतिको समीक्षा र कार्यान्वयन मूल्यांकनमा सक्रिय भूमिका निभाएका थिए। उनले आफ्नो कार्यकालमा समयमै सभाको बैठक राख्ने, कार्यतालिका बनाएर काम गर्ने, तथा कानुनको प्रभावकारिता मूल्यांकन गर्ने जस्ता पहलहरूलाई अघि बढाएको बताएका छन्।

उनले आफ्नो सम्बोधनमा राष्ट्रिय सभाको महत्वलाई जोड दिँदै भने,

“कानुन निर्माणमा सकारात्मक काम भएका छन्। विभिन्न मानकहरू स्थापित भएका छन्। कर्मचारीतन्त्रमा पुरानै ढाँचालाई निरन्तरता दिने प्रवृत्ति छ। यसलाई नकारात्मक रुपमा होइन, सुधारका दृष्टिले लिएको छु।”

डा। भुसालले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको सन्तुलनको आवश्यकता पनि औँल्याए। उनले भने,

“राष्ट्रिय सभा केवल प्रतिनिधि सभाको छाया बनेको हुनु हुँदैन। छुट्टै पहिचान र जिम्मेवारीसहितको प्रबुद्ध सभा बन्नुपर्छ। कानुन निर्माण, नीति मूल्यांकन र राष्ट्रिय हितको संरक्षणमा राष्ट्रिय सभाले सधैं नेतृत्व गर्न सक्नुपर्छ।”

उनले आफ्नो कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै राष्ट्रिय सभामा भएका सकारात्मक पहलहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले समयमै बैठक सञ्चालन, कानुनको कार्यान्वयन मूल्याङ्कन, र कर्मचारीतन्त्रमा सुधारजस्ता कार्यलाई आगामी सभाहरूले निरन्तरता दिनुपर्ने बताए।

यसैबीच, डा। भुसालको बिदाइ सम्बोधनमा अन्य सांसदहरूले पनि राष्ट्रिय सभाको भूमिका र भविष्यका अवसरहरूबारे चर्चा गरे। केही सांसदहरूले भने, राष्ट्रिय सभा प्रतिनिधि सभासँग सहकार्य गर्ने सन्तुलन कायम राख्दै, स्वतन्त्र पहिचान र विश्लेषणात्मक क्षमता सहित अघि बढ्न आवश्यक रहेको बताएका थिए।

डा। भुसालको यो सन्देशले आगामी राष्ट्रिय सभा सदस्य र नीति निर्माताहरूलाई प्रतिनिधि सभाको छायामा नबसिकन, छुट्टै पहिचानसहित काम गर्ने प्रेरणा दिने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार