Logout

चर्चामा

काठमाडौंमा आदिवासी ज्ञान सम्मेलन सुरु “ज्ञानको साझा, धरोहरको संरक्षण, भविष्यको निर्माण”

194 Shares

 

काठमाडौं, २६ माघ – काठमाडौंमा आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राष्ट्रिय आदिवासी ज्ञान सम्मेलन आयोजना गरिएको छ। यो सम्मेलन राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान ९एनएफडीन० ले काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफसँगको सहकार्यमा राष्ट्रिय सभा गृहमा सुरु गरेको हो।

आइतबारदेखि सुरु भएको यो तीन दिने सम्मेलन रजत जयन्ती अवसरमा आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेल ले गरेका हुन् भने गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।

उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेलले आदिवासी ज्ञानको संरक्षण र प्रवर्द्धनको महत्व औँल्याउँदै, “हाम्रो धरोहरको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो,” भने।

गृहमन्त्री अर्यालले सामाजिक सद्भाव र सहअस्तित्वले समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै सरकारले संविधानअनुसार समावेशी सिद्धान्तको कार्यान्वयनमा कटिबद्ध रहेको पनि स्पष्ट पारे।

एनएफडीनका उपाध्यक्ष रेशम गुरुङ ले सम्मेलनको उद्देश्य स्पष्ट गर्दै भने, “हामी आदिवासी जनजातिको पुर्ख्यौली ज्ञान, सीप र परम्परालाई संरक्षण गर्दै प्रवर्द्धन गर्न चाहन्छौँ।”

सम्मेलनमा आदिवासी ज्ञान, अधिकार, संस्कृति, नीति र अन्तर्राष्ट्रिय अभ्यासमाथि छलफल, प्रस्तुति र अनुभव आदान–प्रदान हुनेछ। नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पा ले राज्यले आदिवासीको परम्परागत ज्ञानलाई पुस्तान्तरण र प्रवर्द्धन गर्न आवश्यक ठानेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर ले भने, “आदिवासी ज्ञान, सीप र परम्परा हराउन नदिन सबैको सक्रियता चाहिन्छ। राज्य पनि यसमा भूमिका खेल्नुपर्छ।”

तीन दिनको सम्मेलनमा ८१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् जसमा आदिवासीको प्रथा, परम्परा र शासन प्रणालीमाथि गहन छलफल हुनेछ। साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका जितपाल किँरात, चन्द्रबहादुर गुरुङ, गोकुलप्रसाद घर्ती लगायतलाई सम्मान पनि दिइएको छ।

उद्घाटनमा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश थिए – सुनुवारको स्याँदर शिल नृत्य, भोटेको स्याप्रो नृत्य, र सुर्खेतबाट राउटे समुदायको उपस्थितिले समारोह अझ रंगीन बनाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार