Logout

चर्चामा

नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

201 Shares

undefined

 

माले, माल्दिभ्स – नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

पुलिसले आइतबार घरेलु टोली हुरा सोसाइटी क्लबलाई सोझो सेटमा पराजित गर्दै जीत दर्ता गरेको हो। सेट स्कोर २५–१९, २६–२४, २५–१६ रहेको छ।

समूह ‘बी’ को उपविजेता प्रहरी टोली अब समूह ‘ए’ को विजेता कजाखस्तानको तुरान भलिबल क्लबसँग सेमिफाइनलमा भिड्नेछ।

यस जीतसँगै नेपाल पुलिस क्लबले महिला भलिबलमा आफ्नो स्थिति मजबुत बनाएको छ र फ्यानहरूको उत्साह उच्च बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार