Logout

चर्चामा

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

242 Shares

 

२५ माघ, काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस निर्णयलाई अनुमोदन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्। बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेका ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका – ०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२’ लाई परिमार्जन सहित पारित गरेको पनि जानकारी गराइएको छ।

विशेष महाधिवेशनअघि शेरबहादुर देउवा नेतृत्वमा आनन्द ढुंगानाको संयोजकत्वमा रहेको अनुशासन समिति थियो। पार्टी विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार