Logout

चर्चामा

प्याब्सनले राजनीतिक दललाई शिक्षा नीतिमा स्पष्ट दृष्टिकोण समावेश गर्न आग्रह

226 Shares

 

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समावेश गर्न आग्रह गरेको छ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिँदै निजी विद्यालयहरू शिक्षा सुधारका महत्त्वपूर्ण साझेदार भएको बताए। उनले सार्वजनिक, निजी र सामुदायिक सहकार्यको मोडेलमा दीर्घकालीन नीति बनाउनुपर्ने बताए।

संगठनले अभिभावक र विद्यार्थीलाई विद्यालय, शिक्षण माध्यम र शैक्षिक मोडल छनोट गर्ने अधिकार सुरक्षित गर्नुपर्ने, एकल प्रणाली जबर्जस्ती लागू नगर्नुपर्ने र बहुविकल्पीय प्रणालीले गुणस्तर र प्रतिस्पर्धा वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। साथै, निजी लगानी, पूर्वाधार र सम्पत्तिको कानुनी तथा नीतिगत सुरक्षा सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।

महासचिव आरबी कटवालले उच्च शिक्षा स्वदेशमै गुणस्तरीय रूपमा उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्य गरी ठोस योजना अघि बढाउनुपर्ने बताए। प्याब्सनले निजी विद्यालयका योगदानलाई सम्मान गर्दै शिक्षा सम्बन्धी ऐन, नीति र निर्देशिकामा स्पष्ट स्थान दिनुपर्ने, छात्रवृत्ति र राज्यका सीप विकास कार्यक्रमहरूमा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने माग पनि गरेको छ।

प्याब्सनले भनेको छ, यी सबै विषयहरू राष्ट्रको भविष्यसँग जोडिएका भएकाले कुनै दल विशेषको नभई सबै राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा समावेश गर्नुपर्ने आवश्यक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार