141
Shares
२२ माघ, काठमाडौं – पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा का संरक्षक डा। बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका बुबा भोजप्रसाद भट्टराईको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।
निकट स्रोतका अनुसार, स्वर्गीय भट्टराई केही दिनयता जटिल स्वास्थ्य समस्याबाट पीडित थिए र बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत थिए। उनको निधन त्यहीँ भएको हो।
भट्टराईको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने छ, प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन्।