Logout

चर्चामा

चुनावमा प्रविधि दुरुपयोग हुन सक्दैन, आयोग सचेत छ  भण्डारी

195 Shares


२१ माघ, काठमाडौं — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियामा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधि दुरुपयोग रोक्न आयोग पहल गर्ने प्रतिबद्ध छ भन्ने कुरा उनले टिकटक प्रतिनिधिमण्डलसँगको भेटमा बताएका हुन्।
उनले भने,
“आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन। यसले निर्वाचनमा दखल पुर्‍याउने, प्रक्रिया बिथोल्ने र मतदानको वातावरण धमिलो बनाउने प्रयास धेरैतर्फबाट हुने सम्भावना छ। त्यसैले सबै पक्षले सजग हुनुपर्छ।”
भण्डारीले टिकटकले नेपालमा निस्शुल्क र निष्पक्ष निर्वाचनको लागि सहयोग गर्ने प्रतिबद्धता महत्त्वपूर्ण भएको बताए।
“विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनमाथि छ। टिकटकमार्फत तपाईंहरुले जसरी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, त्यो धेरै महत्वपूर्ण छ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार