Logout

चर्चामा

निर्वाचन तयारीका लागि भारतबाट थप २२३ सवारीसाधन नेपाल भित्रिँदै

193 Shares

 

काठमाडौं । आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने सवारीसाधनको तेस्रो खेप नेपाल ल्याइँदै छ। यस चरणमा २२३ वटा गाडी नेपाल भित्रिने भएका छन्।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपअन्तर्गत १५० वटा डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ वटा डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडी नेपाल पठाउन लागिएको हो। ती सवारीसाधन निर्वाचन व्यवस्थापन र सुरक्षा प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ।

यसअघि पहिलो खेपमा ६१ वटा गाडी नेपाल ल्याइएका थिए, जुन माघ ६ गते भारतीय दूतावासले औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। निर्वाचन प्रयोजनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

गृह मन्त्रालयले निर्वाचन व्यवस्थापनका लागि आवश्यक सवारीसाधन उपलब्ध गराइदिन अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सहयोग माग गरेको थियो। सोही अनुरूप प्राप्त हुने गाडीहरू भारतीय दूतावासले गृह मन्त्रालयलाई बुझाउने र त्यसपछि आवश्यकता अनुसार विभिन्न निकाय तथा जिल्लामा वितरण गरिनेछ।

गृह मन्त्रालयका अनुसार हाल धेरै जिल्लाबाट सवारीसाधनको अभाव देखाउँदै माग आउने गरेको छ। पछिल्लो समय भएका आन्दोलनका क्रममा केही प्रहरी कार्यालयमा आगजनी हुँदा भवन र सवारीसाधन क्षति भएको भन्दै निर्वाचन तयारीमा चुनौती थपिएको अधिकारीहरू बताउँछन्।

निर्वाचनका लागि भारतको सहयोगमा प्राप्त सवारीसाधनहरू निर्वाचन सम्पन्न भएपछि नेपाल सरकारले आफ्नै आवश्यकता अनुसार प्रयोग गर्न पाउनेछ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार