१९ माघ, काठमाडौं – खोटाङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्यखोलास्थित सडकमा कदुवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा।प्र। ०२–०२९ प ९७२७ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय मोतीराज राईको मृत्यु भएको छ। मोतीराज ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ बस्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका राईको रुम्जटार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी, सप्तरीको सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित सडकमा ना।५ ख ८५८० नम्बरको ट्रकले प्रदेश–०५–००१ प ६८७३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिएको थियो। स्कुटर चालक ३२ वर्षीय रूपक बस्नेतको मृत्यु भएको छ। बस्नेत उदयपुर त्रियुगा नगरपालिका–४ बगहा बस्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।