Logout

चर्चामा

 दैलेखमा बस दुर्घटनामा ११ घाइते, दुई जनाको अवस्था गम्भिर

581 Shares

काठमाडौँ ।  दैलेखमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दैलेख–सुर्खेत सडक खण्ड अन्तरगर्त दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ आईरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए । बसमा सवार २९ जना यात्रु मध्ये ११ जना घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिए । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भिर रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । घाइतेहरुको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत तर्फ पठाईएको छ । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार