Logout

चर्चामा

एमालेले जनाएको झापा–५ को स्थिति सुरक्षित, कुनै खतरा छैन

233 Shares

 

काठमाडौं – नेकपा एमालेले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो स्थिति सुरक्षित रहेको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको भित्री विश्लेषण सार्वजनिक गर्दै भने, “सामाजिक सञ्जालमा केही हल्ला चलेको भए पनि मतदाताबीच हाम्रो स्थिति मजबुत छ। झापा–५ मा कुनै प्रकारको जोखिम छैन।”

उनी भन्छन्, “सोशल मिडियामा फैलिएका कुरा केही प्रभाव पार्न सक्छन्, तर वास्तविक मतदातासँगको संवादमा हामी सुरक्षित छौं।”

यस क्षेत्रमा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुन्। रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि प्रतिस्पर्धामा छन्।

पार्टीको विश्लेषण अनुसार, झापा–५ का मतदाताले अझै एमालेलाई प्राथमिकता दिइरहेका छन् र पार्टी विश्वास छ कि आफ्नो उम्मेदवारले यहाँ मजबुत प्रदर्शन गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार