काठमाडौँ । दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका किसानहरु सिँचाइ नहर बनेपछी हर्षित भएका छन् । जलबायु परिवर्तनको प्रत्यक्ष असर किसानहरुमा पर्ने गरेको छ । जलबायू परिवर्तन भएको कारण अधिकाँश किसानहरुले आफ्नो कीसानी नै छोड्दै आएका धेरै उदारणहरु छन् ।
पहाडि भुभागमा यसले अझै धेरै प्रभाव पार्ने गर्छ । बर्सातमा धेरै पानी पर्ने र हिउँदको समयमा पानी नपर्नुले किसानमा निराशा छाएको अवस्थामा गाउँमा सिँचाइ गर्नेको लागि बनाएको नहरले ठाटिकाँध गाउँपालिकाका किसानहरुमा हर्ष छाएको हो ।
धेरै जस्तो खेत बारीमा पानी नहुँदा धानको बिउ समेत राख्न समस्या हुन्थ्यो सिँचाइका लागि नहर बनेपछि ठाटिकाँध गाउँपालिका वडा नं. ६ स्थानियका बासिन्दा हर्षित भएका छन् । सिँचाइको अभावले खेती योग्य भूमिबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर निर्माणले हर्षित बनाएको छ ।
अधेरी खोलाको पानीले यहाँको करिब २० हेक्टर खेती योग्य जमिनलाई सिंचाई गर्छ । कृषि मन्त्रालय कर्णाली प्रदेशबाट बिनियोजित कृषि विकास कार्यालय दैलेख द्धारा १० लाख (८५ प्रतिशत) जनश्रमदान १ लाख ५० हजार (१५ प्रतिशत) गरी यस वर्ष जम्मा ११ लाख ५० हजार रुपैयाँ लागतमा ४२५ मिटर लम्बाई तथा ३० सेन्टिमिटर मी चौडाइ ३० सेन्टिमिटर उचाई भएको पक्की नहर बनेको अधेरी खोला सिँचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्वज बहादुर शाहीले बताए ।
उनले भने अनुसार ठाटिकाँध गाउँपालिका वडा नं ६ को धेरै किसानको जग्गामा सिँचाइ सुविधा पुग्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका १५० घरधुरीका करीब १२०० जना किसान लाभान्वित हुन्छन् । सिँचाइको लागि बिचबिचका शाखाबाट पानी वितरण हुने प्रणाली नहरमा राखिएको छ ।
उपभोक्ता समिती मार्फत बन्ने आयोजनाले धान, गहँ तथा तरकारी सिँचाइको लागि आवश्यक पर्ने पानीको अत्याधिक आवश्यकतालाई परिपूर्ति गर्न सहयोग हुने विश्वासका साथ काम भइरहेको स्थानीय जनकारी गराए ।
यहाँका किसानहरू आकाशे पानीको भरमा रोपाइ गर्ने गरेको बेला कृषि विकास कार्यालय दैलेखले किसानको समस्यालाई मध्ये नजर गर्दे यो सिँचाई कुलो निमार्ण गरेको छ,सिँचाइ नहर बनेपछि यहाँका किसान हर्षित देखिएका छन् । आयोजनामा अनुगमनमा पुगेका कृषि विकास कार्यालयका फिल्ड प्राविधिक तिलक पाण्डेले आयोजनाको ९० प्रतिशत काम सम्पन्न भईसकेको जानकारी दिए ।