Logout

चर्चामा

टिकटक स्टार खाबी लामेले १ खर्ब ३० अर्ब रुपैयाँको सम्झौता गरे

256 Shares

 

लोकप्रिय टिकटक स्टार खाबी लामेले हालै ठूलो व्यवसायिक कदम चाल्दै रिच स्पार्कल होल्डिङ्स लिमिटेडसँग करिब ९७५ मिलियन डलरको सम्झौता गरेका छन्। सम्झौताका अनुसार उनका करिब ३६ करोड फलोअर्सलाई व्यावसायिक अवसरमा परिणत गर्ने योजना राखिएको छ।

यो सम्झौताले खाबीलाई अब इक्विटी(ब्याक्ड क्रिएटरको रुपमा स्थापित गरेको छ, जसको अर्थ उनको ब्रान्डमा अब ठूला लगानीकर्ताहरूको सहभागिता रहनेछ। कम्पनीले आगामी ३६ महिनासम्म खाबीको ब्रान्ड प्रयोग गर्ने विशेष अधिकार पाएको छ।

साथै, खाबीको एआई अवतारले उनको हाउभाउ, आवाज र शैली प्रयोग गरेर विभिन्न भाषामा सामग्री सिर्जना गर्नेछ, जसले उनका फलोअर्ससँग विश्वव्यापी रूपमा संवाद गर्न सहज बनाउनेछ।

खाबी लामे टिकटकमा अहिले सबैभन्दा बढी फलोअर्स भएका व्यक्तिहरू मध्ये एक हुन्। उनको हालको फलोअर संख्या करिब १६ करोड पुगेको छ, जसले उनलाई टिकटकको शीर्ष स्थानमा पुर्याएको छ।

यो सम्झौता सामाजिक सञ्जाल र पारंपरिक वित्तीय सेवामा काम गर्ने कम्पनीको बीचको अनौठो मिलन मानिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार