Logout

चर्चामा

नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्ने

251 Shares

 

माघ १२, २०८२, काठमाडौं – आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोली आज आफ्नो समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजे सुरु हुने खेलमा नेपाललाई सुपर सिक्समा प्रवेश गर्न विजयी हुनुपर्ने दबाब छ।

नेपाली टोलीको कप्तान इन्दु बर्मा हुन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन्। यो खेल नेपाल र स्कटल्यान्डको टी(२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो प्रत्यक्ष भिडन्त हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग हार भोगेको थियो। तेस्रो खेलमा जिम्बाबेलाई हराएको नेपाल अब स्कटल्यान्डसँग जित्न आवश्यक छ, तर सुपर सिक्समा पुग्ने सुनिश्चितता थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको परिणाममा पनि निर्भर रहनेछ।

नेपालको टोलीस्
इन्दु बर्मा ९कप्तान०, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय, रचना चौधरी।

स्कटल्यान्डले पहिले टी(२० विश्वकपमा खेलिसकेको छ, तर समूह चरणपछि अर्को चरणमा प्रवेश गर्न सकेको छैन। तुलनात्मक रूपमा बलियो स्कटल्यान्डसँग नेपालले इतिहास र भविष्य दुवैको लागि महत्त्वपूर्ण खेल खेल्दैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार