Logout

चर्चामा

सुनकोशी -मरिण डाइभर्सनको शिलान्यास गर्न प्रधानमन्त्री ओली सिन्धुली जाँदै

1.5k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुली जाँदै छन्।

राष्ट्रिय गौरबको आयोजना सुनकोशी -मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली  आज विहान साढे १० बजे सिन्धुली जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए।

मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन हुने  आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री ओली सिन्धुली जान लागेका हुन्।

प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाँदै छन्।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो।

आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार