Logout

चर्चामा

झापा–५: ओली र बालेन्द्रबीच सघर्षपूर्ण चुनावी मुकाबला

239 Shares

 

झापा, १२ माघ २०८२ – आगामी फागुन २१ मा हुने झापा क्षेत्र नम्बर–५ को प्रतिनिधिसभा चुनावमा नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बीच चुनावी सघर्ष तेज भएको छ।

बालेन्द्र शाहले काठमाडौं छोडेर झापा–५ प्रवेश गरेका छन्। उनी सामाजिक सञ्जाल, घर–घर मतदाता अभियान र विदेशमा रहेका युवालाई सक्रिय पारेर मत संकलनमा लागेका छन्। ओली भने क्षेत्रका अनुभवी नेता हुन्। तर भदौ २३ को घटनापछि उनी अलोकप्रिय भएको चर्चा र विरोध दुवै देखिन्छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार झापा–५ मा कुल १ लाख ६३ हजार मतदाता छन्। यदि अनुमानित ६५ प्रतिशत मत खस्यो भने करिब १ लाख मत गणनायोग्य हुनेछ। क्षेत्रका चारवटा पालिकामा मत वितरण यस प्रकार अनुमान गरिएको छ:

  • दमक नगरपालिका: ४० हजार मत
  • गौरादह नगरपालिका: २५ हजार मत
  • कमल गाउँपालिका: २५ हजार मत
  • गौरीगञ्ज गाउँपालिका: ९ हजार मत

गत चुनावमा झापा–५ मा समानुपातिक मतमा एमालेले ३५ हजार मत पाएको थियो। रास्वपा १८ हजार, कांग्रेस १६ हजार र माओवादी ८ हजार मत पाएको थियो। तर पुरानो डाटामा आधारित अनुमान सधैं वर्तमान नतिजा सुनिश्चित गर्न सक्दैन।

विशेषज्ञहरूको अनुसार झापा–५ मा बालेन्द्र शाहको रणनीति नयाँ शैलीको छ, जसमा मौन रहनु, सामाजिक सञ्जाल प्रचार, विदेशमा रहेका मतदातालाई सक्रिय पार्नु र घर–घर अभियान समावेश छ। ओलीको बल भने क्षेत्रीय अनुभव र संगठन बलमा आधारित छ।

स्थानीय मतदाताको नजरमा धर्म, पहिचान वा बाहिरी उम्मेदवारको विरोधी नारा कम असर गर्ने देखिन्छ। यस पटकको चुनावमा कुनको रणनीति सफल हुन्छ – नयाँ तरिका कि अनुभवको बल? भन्ने कुरा फागुन २१ पछि मात्र स्पष्ट हुने देखिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार