Logout

चर्चामा

पर्वतारोहण क्षेत्रमा फेक रेस्क्यूको उजुरी निरन्तर सीआईबी

319 Shares

 

काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पर्वतारोहण र ट्रेकिङ क्षेत्रका नक्कली उद्धार घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। सीआईबी प्रमुख मनोज केसीले पत्रकार सम्मेलनमा भने, “उच्च हिमाली क्षेत्रका विदेशी पर्यटकको उद्धार र उपचारको नाममा केही अनियमित गतिविधि भएको भन्ने उजुरी लगातार आइरहेको छ।”

उनका अनुसार प्रारम्भमा अनुसन्धान आर्थिक हिसाबकिताबको सीमामा देखिएको थियो, तर विस्तृत छानबिनपछि यससँग सम्बन्धित धेरै अन्य पाटाहरू फेला परेका छन्। उनले बताए, “एकै उद्धार घटनामा विभिन्न क्लेम गरिएको, नक्कली बिल तयार गरिएको र चार्टर उडानहरू रेस्क्यूको नाममा प्रयोग गरिएको देखिन्छ।”

केसीले थपे, “हेलिकप्टर कम्पनी र निजी अस्पतालबीचको मिलेमतोमा फेक रेस्क्यू भइरहेकै देखिएको छ। उद्धारको नाममा गरिएको उडानहरू अस्वाभाविक रूपमा बढी देखिएको छ।”

सीआईबीले जनाएको छ कि २०८२ साल असोजदेखि थप उजुरी प्राप्त भएपछि अनुसन्धानलाई अझ व्यापक बनाइएको छ। “अहिले पनि नक्कली उद्धार भइरहेको उजुरीहरु प्राप्त भइरहेका छन्,” उनले भने।

केसीले अन्तिममा स्पष्ट पारे, “हामीले दोषी देखिएका व्यक्ति वा संस्थामाथि कानुनी कारबाही अघि बढाउने योजना बनाएका छौँ।”

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार