Logout

चर्चामा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

1.4k Shares

पाटन ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार