Logout

चर्चामा

त्रिकोणात्मक सिरिज आजदेखि : उद्घाटन खेलमा नेपाल नेदरल्याड्ससँग भिड्दै

634 Shares

काठमाडौं । नेपाल,नेदरल्यान्ड्स र मलेसिया सम्मिलित टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक नेपालले नेदरल्याड्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल शनिबार ९आज० त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १स्१५ बजे सुरु हुनेछ। नेपालले त्रिविमा पहिलो पटक मुख्य प्रशिक्षक डेभ वाटमोरको प्रशिक्षणमा सिरिज खेल्दैछ। उनको घरेलु मैदानमा यो नै प्रशिक्षणमा डेब्यु हो।

सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले बुधबार बन्द प्रशिक्षणमा रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा स्पिनर साहब आलमलाई पहिलो पटक समेट्दै नेपाली टिम १५ सदस्यीय टोली घोषणा गरेको छ।

बन्द प्रशिक्षणमा रहेका ललित नारायण राजवंशी, विक्रम सोब, पवन सर्राफ र लोकेश बम भने टोलीमा परेनन्। यस्तै, पूर्वकप्तान पारस खड्काले यो खेल गुमाउने भएका छन्। खड्काका अनुसार उनलाई अभ्यासका क्रममा बल क्याच गर्न खोज्दा दायाँ हातको काँधमा चोट लागको थियो।

खड्का घाइते भई खेल गुमाउँदा उनको स्थानमा सन्दीप जोरा टिममा आएका छन्। बन्द प्रशिणमा सहभागी जोरा सुरुवाती १५ मा अटाएका थिएनन्।

यता पाँच दिनदेखि  डाक्टरको परामर्श र निगरानीमा रहेका खड्काको २(३ हप्तासम्म ुरिह्याब र फिजियोथेरापीु गर्नुपर्ने भएपछि जोराले उको स्थान ओगट्न लागेका हुन्।

उनले सन् २०१९ मा यूएईविरुद्ध टी२० खेल डेब्यू खेलमै अर्धशतक बनाउँदै विश्वक कीर्तिमान बनाएका थिए। जोराले नेपालबाट ६ टी२० आई खेलेका छन्।

लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको नेपाल नेदरल्यान्ड्ससँगको खेलबाट मैदानमा कमब्याक गर्न लागेको हो। तर, यो खेल घरेलु टोलीको लागि सहज भने हुनेछैन।

टी२० वरीयतामा एसोसिएट राष्ट्रको पाँचौं स्थानमा नेदरल्यान्ड्स रहेको छ। नेदरल्यान्ड्सलाई एसोसिएट राष्ट्र मध्यको बलियो टोली मानिँदै आएको छ। नेदरल्यान्ड्स टेष्ट राष्ट्रसमेत हो।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी२० खेल खेलेको छ। नेपालले ८ खेलमध्ये जम्मा दुई अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी२० र तीन अन्तरष्ट्रियमा जित निकालेको छ।

यता, वाटमोरको घरेलु मैदानमै हुने सिरिजमा राम्रो प्रदर्शन गर्ने नेपालको अपेक्षा रहेको बताएका छन्। उनले  नेपालको तयारी पनि राम्रो गरेकोले सुखद् नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए।

नेपाली टिम स् ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम र सन्दीप जोरा।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार