Logout

चर्चामा

काठमाण्डौ उपत्यकामा असिना पानी

950 Shares

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो ।

अहिले प्रि–मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको मार्च महिनादेखि नै प्रि–मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

अबको केही दिन भने प्रि–मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर प्रि–मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार