Logout

चर्चामा

सुरक्षाकर्मीको पेस्तोल र गोली बिक्रीमा संलग्नताको अभियोगमा पाँच पक्राउ

618 Shares

काठमाडौँ ।  गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ हाल काठमाडौँ–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौँ–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौँ–३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८–९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने गोली १५ थानसहित निजहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो c

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार