Logout

चर्चामा

राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छः अध्यक्ष नेपाल

453 Shares

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रव्र्द्धन गरिनुपर्ने बताउनुभएको छ ।

आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उहाँले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

छठ पर्वले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा सामाजिक विकृति र विसङ्गति विरुद्धको लोकसांङ्गीतिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउँदै लगेको उल्लेख गर्नुभयो ।

ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा छठमा प्रस्तुत गरिने लोकगायन समसामयिक र सशक्त पक्ष भएको बताउँदै उहाँले विविधतामा एकता कायम राख्न यस पर्वले सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले ‘सबै चाडपर्व सबै’को भन्ने धारणा विकाससँगै सद्भावपूर्ण तरिकाले छठ मनाउन आग्रह गर्दै यस पर्वबाट सामूहिकता र एकताको भावनालाई अभिवृद्धि गरिनुपर्ने बताउनुभयो ।

मौलिक पर्वले विकास गरेका मूल्यमान्यता, सामाजिक परम्परा, भ्रातृत्व, असल संस्कार संरक्षणमा जोड दिने भन्दै उहाँले यसले व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार