Logout

चर्चामा

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल,के नयाँ सरकार बन्छ ?

1.6k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफल सकारात्मक रहेको बताइएको छ ।

दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ । कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य हुनुहुन्छ । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य हुनुहुन्छ ।

यो नि पढनुस 

 प्रधानमन्त्री केपी शर्मा ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताएका छन्। उनले अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको बताए।

नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ।

यसलाई विभागले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ भनेको छ। बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको छ।

उक्त प्रणालीको उद्घाटनपछि प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल नेपाल बनाउँदैछौं। नापीको क्षेत्रमा मात्र हैन, नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम मात्रै हैन। मेरो कित्तामा मात्रै हैन। हरेक ठाउँ डिजिटल बनाउँछौं।’

उनले नयाँ - नयाँ प्रविधिको विकास गर्दै टेक्नोलोजी ट्रान्सफर पनि गरिने बताए।
‘हामी लगानी ल्याउने कुरामा, टेक्नोलोजी विकास गर्ने र टेक्नोलोजी ट्रान्सफर गर्ने कुरामा विशेष जोड दिन्छौं,’ उनले भने।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सके आत्मनिर्भरताको सुरुवात हुने बताए। उनले कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार