Logout

चर्चामा

पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको अन्त्येष्टि

1k Shares

 

काठमाडौं । पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको सोमबार काठमाडौंको टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ।

९२ वर्षको उमेरमा कपनस्थित निवासमा निधन भएका शेर्पाको पार्थिव शरीरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र नेपाल पर्वतारोहण सङ्घ (NMA) का अध्यक्ष फुर गेल्जे शेर्पाले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो।

नेपाल पर्वतारोहण सङ्घ (NMA) का अध्यक्ष फुर गेल्जे शेर्पा अन्त्येष्टि कार्यक्रममा सहभागी हुँदै कान्छा शेर्पाको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले भने, “कान्छा शेर्पाले नेपालको नाम विश्व पर्वतारोहणको नक्सामा स्थापित गर्न अग्रणी भूमिका खेलेका थिए। उहाँहरूको साहस र समर्पणकै कारण नेपाल आज विश्व पर्वतारोहणको केन्द्रका रूपमा चिनिएको छ।”

नातेदार, पर्वतारोहण समुदायका सदस्यहरू र सर्वसाधारणले पनि शेर्पाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। नेपाल पर्वतारोहण सङ्घले विज्ञप्ति जारी गर्दै शेर्पाको निधनले नेपालको पर्वतारोहण इतिहासमा एउटा युगको अन्त्य भएको उल्लेख गरेको छ।

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा कान्छा शेर्पा सो ऐतिहासिक आरोहण दलमा भरियाका रूपमा सहभागी भएका थिए। उनी सो अभियानका क्रममा ८ हजार मिटरको उचाइसम्म पुगेका थिए।

कान्छा शेर्पा हालसम्म सो पहिलो सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार