Logout

चर्चामा

दसैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण

535 Shares

काठमाडौं । दसँलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

चाडवाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उहाँले बताउनुभयो ।

“यहाँका ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “हेर्दा सामन्य जस्तो देखिए पनि यसले जनतालाई ठूलो लाभ पुगेको छ, च्याङ्ग्रेमा रहेको बैंकसम्म भत्ता लिन आउँदा स्थानीयलाई समस्या छ, घरपायकमा सेवा दिने हाम्रो लक्ष्य हो ।”

स्थानीयलाई लक्षित गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । वडास्तरबाट नै पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उहाँको भनाइ छ ।

असोज १२ गतेसम्म सबै छ वटै वडामा भत्ता वितरण सम्पन्न हुनेछ । अभियान यही असोज ९ गतेबाट वितरण सुरु गरिएको हो । पौवादुङमाका एक हजार ६३९ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार