Logout

चर्चामा

२ साता पछि सार्वजनिक भए केपी शर्मा ओली

696 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। उनी आज भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा पार्टी नेता र कार्यकर्तासहित देखिएका हुन्।

ओलीलाई भेट्न नेता र कार्यकर्ता गुन्डु पुगेका थिए। भेटघाटमा सहभागीहरूले उनलाई भेटेर फोटो खिचाए पनि ओली भने कुनै प्रतिक्रिया बिना नै भित्रतिर फर्किएका छन्।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली पछिल्लो समय सार्वजनिक गतिविधिमा देखिएका थिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार