Logout

चर्चामा

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

1.6k Shares

काठमाडौं । जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी भएको छ। आज राति नै उनको सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि रिक्त बनेको कार्यकारी प्रमुखको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई दिने निर्णय गरेका हुन्। राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्नेछ, जसका सदस्यहरूको नाम अन्तिम चरणमा पुगेको छ।

गत सोमबार र मंगलबार देशभर भएका प्रदर्शनहरूमा युवाहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका थिए। साथै, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै देशका विभिन्न सहरमा ठूलो संख्यामा जुलुस निस्केका थिए। आन्दोलनले उग्र रूप लिन थालेपछि राजनीतिक दलहरूबीच सहमति जुट्दै अन्तरिम सरकारको तयारी गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार