848
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबिच भेटवार्ता भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिच साेमबार चीनकाे थियानजिनमा औपचारिक भेटवार्ता भएकाे हाे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी, र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको छ।
त्यस्तै भेटमा उनीहरूबिच विभिन्न क्षेत्रीय र बहुपक्षीय विषयमा समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएकाे जोड प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन गत शनिबार चीन प्रस्थान गरेका थिए ।