Logout

चर्चामा

गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन

615 Shares

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गर्नुभएको छ ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरुलाई पनि नेपालको चिन्ता छ ।” विसं २०६३/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पु¥याएको उहाँको भनाइ छ ।

“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन रुपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार