Logout

चर्चामा

प्युठानमा जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

843 Shares

काठमाडौँ । प्युठानको स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा भएको जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको र बाँकी पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर)  देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

गम्भीर घाइते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गीता मुखिया, अनिश मुखिया र सन्दीप परियारलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको हो । त्यस्तै अन्य पाँच जना घाइतेको प्युठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी चढेका लु १ ज १६५५ नम्बरको जीप बुधवार दिउँसो रुमाले भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको छ । 

घुमाउरो बाटोमा बसलाई ओभरटेक गर्ने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १६ जना रहेको बताइएको छ ।   

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार