1.4k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओलीले सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका हुन् ।
प्रधानमन्त्री ओलीले सो कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन् । उनले लेखेका छन्– ‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद ।’