Logout

चर्चामा

विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

384 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।

आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । 

अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिए । 

उनले लेखेका छन्,‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार