Logout

चर्चामा

एमालेले उमेर हद र कार्यकालको सीमा हटायो, भण्डारीको भूमिकामा मतभेद

557 Shares

काठमाडौँ । नेकपा एमालेले नेतृत्वमा लागु गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने निर्णय गरेको छ। शुक्रबारको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै अध्यक्ष केपी शर्मा ओलीको निरन्तरताको बाटो खुला बनाएको हो।

संगठन संरचना पुनःव्यवस्थित गर्दै अब पार्टीमा संगठित र साधारण सदस्यता व्यवस्था लागु हुनेछ। जिल्ला कमिटीहरू कार्यकारी कमिटी बनाइने प्रस्ताव पनि पारित भएको छ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा प्रवेश र नेतृत्व भूमिकालाई लिएर तीव्र बहस भयो। धेरै नेताहरूले राजनीतिमा उनको संलग्नता उपयुक्त नहुने धारणा राखे भने केही नेताहरूले खुला स्वागत गर्नुपर्ने तर्क गरे।

विधान संशोधनले नयाँ पुस्ताको नेतृत्व रोकिने खतरा रहेको भन्दै केही नेताहरूले असन्तुष्टि पनि जनाएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार