Logout

चर्चामा

आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अंकले बढयो, साढे १६ अर्बभन्दा बढीको कारोबार

496 Shares

 

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अंकले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।आज नेप्से परिसुचक २८७०.६३ अंकमा पुगेर रोकिएको हो ।

यस अघि गत आवको अन्तिम दिन नेप्से परिसुचक २७९४.७८ अंकमा पुगेर रोकिएको थियो ।यस दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ । यस दिन ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र बाराहि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, स्र्टन हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार