Logout

चर्चामा

सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी

625 Shares

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ ।

झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङ सहभागी हुनुभएको हो । सप्ताहव्यापी रुपमा हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चारमन्त्री गुरुङ यही असार २१ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सूचना प्रविधि क्षेत्रमा भएको चमत्कारिक विकास, नयाँ अवधारणा, विकसित घटनाक्रम र विश्व परिवेशलाई बुझ्न उक्त सम्मेलन फलदायी हुने सञ्चारमन्त्री गुरुङका सूचना प्रविधिसम्बन्धी सल्लाहकार डा सालीग्राम पराजुलीले बताउनुभयो । सम्मलेनका क्रममा ‘रोबोटिक्स फर गुड युथ च्यालेञ्ज २०२५ र डिजास्टर रेस्पोन्स एण्ड सिजिलियन्स थिम’मा हुने कार्यक्रम सत्रमा समेत सञ्चारमन्त्री गुरुङ सहभागी हुनुहुने छ । ती कार्यक्रमहरूमा सूचना प्रविधिसम्बद्ध ६० देशका विभिन्न टोलीको प्रस्तुती रहने डा पराजुलीले जानकारी दिनुभयो ।

नेपालबाट ‘टिम सगरमाथा’ र ‘टिम गौतमबुद्ध’ले प्रतिनिधित्व गर्दै विपद् व्यवस्थापनमा रोबोटिक प्रयोगमार्फत देशको नवप्रवर्तन क्षमतासँग सम्बन्धित भइ विश्वमाझ आआफ्नो प्रस्तुति प्रस्तुत गर्नुहुने पनि सल्लाहकार पराजुलीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार