Logout

चर्चामा

२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

383 Shares

काठमाडौं । विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ । विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र ९ईओआई० आह्वान गरेको हो ।

पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संचालन र हस्तान्तरण ९बुट० मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी ९जेभी० समूहहरूलाई आशय पत्र पेश गर्न आह्वान गरेको छ । सुचनामा उल्लेख भए अनुसार म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०।५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१।०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१।४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ । त्यसैगरी, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविपद्युत आयोजना र हुम्ला जिल्लाकै ४९।५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ ।

योग्य कम्पनीहरू वा जेभीले यहि असार ३२ गते दिउँसो १२ बजे भित्र विभागको सानो गौचरनस्थित कार्यालयमा आशय पत्रको आवेदन बुझाइसक्नु पर्नेछ भने सोहि दिन दिउँसो १ बजे आशय पत्रहरू खोलिने सुचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार