Logout

चर्चामा

लायन्स क्लब टेम्पल गणेशद्वारा श्री बाल उद्धार मा.वि.लाई पुस्तकालय सामग्री हस्तान्तरण

548 Shares

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं (LCK) टेम्पल गणेशले नेपाल लायन्स फाउन्डेसन (NLF) अन्तर्गतको परियोजनाबाट प्राप्त सहयोग रकममार्फत कागेश्वरी मनोहरास्थित श्री बाल उद्धार माध्यमिक विद्यालयलाई पुस्तकालय सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रम यही असार १३ गते (२०२५ जुन २७, शुक्रबार) सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयलाई एक थान किताब राख्ने दराज र चार थान लामो टेबल औपचारिक रूपमा प्रधानाध्यापक श्री अशोक खड्कालाई हस्तान्तरण गरियो।

उक्त कार्यक्रम डिस्ट्रीक्ट ३२५-आई अन्तर्गत क्लस्टर–६, रेजियन–११, जोन–५२ मा पर्ने लायन्स क्लब अफ टेम्पल गणेशका अध्यक्ष लायन सुमन खरेल शर्माको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर लायन बिनोद ढुंगाना रहेका थिए। विशेष अतिथिका रूपमा डिस्ट्रीक्ट चिफ एडभाइजर लायन जनार्दन फुयाल, डिस्ट्रीक्ट एम्बेस्डर लायन शान्ति के.सी., र क्लस्टर चिफ लायन अनिता थापा बिष्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि ढुंगाना र विशेष अतिथि फुयालले लायन्स क्लब तथा नेपाल लायन्स फाउन्डेसनको उद्देश्य, गतिविधि र सामाजिक उत्तरदायित्वबारे प्रकाश पारेका थिए।

सहभागीहरूको सूचीमा कागेश्वरी मनोहरा नगरपालिकाका वडा सदस्यहरू, विद्यालयका शिक्षक/शिक्षिका, जोन चेयरपर्सन लायन सरिता के.सी., लायन्स क्लब कागेश्वरीका अध्यक्ष लायन मधुसूदन थापा, क्लब टेम्पल गणेशका कोषाध्यक्ष लायन भानु थापा, सह–सचिव लायन सन्तोषी पौडेल, आर्थिक वर्ष २०२५/२६ का मनोनीत सचिव लायन दीपशिखा शर्मा र कोषाध्यक्ष लायन मृदुला शर्मा लगायत उल्लेख्य विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन सभापति लायन सुमन खरेल शर्माले गरेका थिए। उनले कार्यक्रममा विशेष सहयोग पुर्‍याएकोमा लायन्स क्लब कागेश्वरीका अध्यक्ष लायन मधुसूदन थापाप्रति आभार प्रकट गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार