Logout

चर्चामा

जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

539 Shares

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको शनिबार ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह काठमाडौंमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवम् श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेले जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गर्ने जनाएको छ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका  रुपमा मदन भण्डारीको जन्म भएको थियो ।

वि.सं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी त्यसबेला ४१ वर्षका उमेरका मात्रै थिए । उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए । सोही कारण उनलाई जननेता मान्ने गरिएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार