News Portal Demo
images ×
  • Dashboard
  • My Favorite News
  • Change Password
  • Manage Profile
Logout
images ×
  • होमपेज
  • रिपब्लिक स्पेसल
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता

चर्चामा

ताजा अपडेट

images

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

images

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

images

'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने

images

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

images

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

images

ओली प्रकरणमा सर्वोच्चमा पेचिलो बहस, के आउँछ आजै फैसला?

images

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

images

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

adv-2
adv-2

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

२०८२ आषाढ ११ बिहिवार
561 Shares
तनहुँ।  जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् । दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

“पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ । अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ । विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ ।

यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिकाको स्रोतमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञा यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ । उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ । आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ । आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्याक्रिया गर्नुपर्ने होइन ।

यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ ।” अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताउनुभयो । “यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबीचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ”, उहाँले भन्नुभयो । ---

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?
इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै
'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने
उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी
संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने
adv-2

सम्बन्धित समाचार

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

सम्पर्क

  • प्रधान कार्यालय : काठमाडौं मनपा २९
  • टेलिफोन : +९७७-९८५१००९४४३
  • समाचारका लागि : khabarbaninews@gmail.com
  • कम्पनी दर्ता : १७१४४७/७४ - ७५
  • सूचना विभाग दर्ता नं : २२१०/७७-७८

हाम्रो टिम

  • अध्यक्ष : पवन प्रसाद फुयाल
  • सम्पादक : देवराज नापित

Quick Links

  • About us
  • Privacy Policy
  • Term & Conditions
  • Contact us
  • Site map

Social Media

Khabarbani

Copyright @2024 khabarbani | All rights reserved

होमपेज
ताजा अपडेट
संग्रह
Account