Logout

चर्चामा

राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन र १५ लाख कित्ता सेयर, ऋण छैन

556 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण बुझाएका छन्। राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि पौडेलले बुझाएको सम्पत्ति विवरणमा ललितपुर नवलपरासीमा घर र जग्गा,४५ तोला सुन र १५ लाखको हिराका गहना रहेको छ।

पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एकवटा घर र जग्गा रहेको छ। प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्। 

यसैगरी विभिन्न बैंक वित्तीय तथा सहकारी संस्थामा पौडेल र उनकी श्रीमतीको नाममा २० लाख ६८ हजार ९०५ रुपैयाँ मौज्दा रहेको छ। दुवैको नाममा ४ हजार ५१३ अमेरिकी डलर रहेको पनि विवरणमा उल्लेख छ।

पौडेलले धितोपत्र,सेयर वा ऋणपत्रमा पनि लगानी गरेका छन्। उनले करिब साढे १५ लाख कित्ता सेयर/ऋणपत्रमा लगानी गरेका छन्।  विभिन्न सातवटा कम्पनीहरूमा उनको र श्रीमतीको नाममा १५ लाख ३६ हजार ५ सय  ८९ कित्ता सेयर रहेको छ।

पौडेलका अनुसार  सानिमा बैंक,सानिमा माइ हाइड्रोपावर,सानिमा मिडल तमोर हाइड्रोपावर,ग्लोबेको प्रालि,संयुक्त उर्जा हाइड्रोपावर,चितवन,चितवन इनर्जि लिमिटेड र ग्लोबेको प्रालिमा प्रवर्द्धक र साधारण सेयर रहेको छ।

श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ। पुराना गाडी बिक्री र स्वआर्जनबाट उक्त गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विवरण अनुसार पौडेलको नाममा ऋण छैन।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार