Logout

चर्चामा

ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ: देउवा

576 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्ने बताएका छन् ।

सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताए ।

उनले भने, ‘ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागको विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्षमा पुग्छौं । ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो, तर उनीहरुले मानेका छैनन् ।’


उनीहरुले निरन्तर नागरिकताको माग उठाएको भए पनि त्यो दिने नदिने कुरा हाम्रो हातमा नहुने सभापति देउवाले बताए ।

उनले थपे, ‘उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ, अरु कामहरूका लागि एनआरएन नागरिकता दिन सकिन्छ । अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार