559
Shares
काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा आज पनि क्रमशः दुवै ८ सय रुपैयाँ र ५० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ र सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ।
बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।