Logout

चर्चामा

म्यान्मारकी लोकतान्त्रिक नेतृ सुचीमाथि लगाइयाे थप ६ नयाँ आरोप, जेल सजाय हुनसक्ने

693 Shares

म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ साङ सूचीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्। सुचीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ।

न्यापिटअमा पाँच र याङ्गुन एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको जानकारी दिइएको छ। 

म्यान्मारको उत्तरपूर्वी बागो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो। म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा सुची र उनको ‘नेशनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले सेनाको धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो। नयाँ आरोपहरुले सुचीलाई जेल सजाय हुनसक्छ। रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार