682
Shares
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि अहिले १० बजेबाट मतदान हुँदैछ ।
निर्वाचन समितिका अनुसार ४३ वटा इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान हुने छ ।
समितिले आज बेलुका ४ बजेसम्म लाइन बस्नेलाई मात्र मतदान गर्न दिने जनाएको छ ।
मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।