Logout

चर्चामा

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

705 Shares

काठमाडौं । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल–भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ ।

नेपालगञ्ज–दिल्ली उडानको लागि भौतिक रुपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो । शुक्रबार नेपालगञ्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्यन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरिएको थियो ।

छलफलमा नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता रहेको बताइएको छ ।

छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगञ्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे ।

सिंहले भने, ‘अहिले नेपालगञ्ज विमानस्थलमा क्षमताको टर्मिनल भवन छ । निर्माण अन्तिम चरणमा पुगेको नयाँ टर्मिनल भवनको क्षमता ६ सय रहेकाले हामी अन्तर्राष्ट्रिय विमान उडानका लागि तयारी अवस्था रहेको छ ।’

कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगञ्ज–दिल्ली उडानका लागि संघीय सरकारलाई दवाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जबासीसँगै दवाब समूहसँग मिलेर काम गर्ने बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नेपालगञ्ज–दिल्ली उडानको मागका सम्बन्धमा आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने बताए ।

बुद्ध र श्री एयरले नेपालगञ्ज–दिल्ली उडान गर्नेबारे अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार