काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको दाबी गरेका छन् । भिजिट भिसामा प्रकरणमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्ताे दाबी गरेका हुन् ।
‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भनेका छन्, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’
उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत दाबी गरे ।
‘मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक जीवन नै हो, म जनताका माझमा छु’, उनले भनेका छन् ।
मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको दाबी गरेका छन् । लेखकले अख्तियारले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेकाे बताए ।