Logout

चर्चामा

दाहसंस्कार गर्न लैजाँदै गर्दा प्रहरीले लियो नियन्त्रणमा बालिकाको शव

685 Shares

खाँदबारी । संखुवासभामा अन्त्येष्टि गर्न लैजाँदै गर्दा प्रहरीले एक जना बालिकाको शव नियन्त्रणमा लिएको छ। भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ६ वर्षीया बालिका युनिका तामाङको शव नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी अनिका गुरूङ 'तामाङ'बीच झगडा भएको थियो। त्यसैबीच अनिकाले गोपालकी छोरी युनिकालाई धकेलेकी थिइन्। धकेल्दा डिलबाट लडेर युनिका घाइते भएकी थिइन्। उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगरमा पुर्‍याइएको थियो।

त्यहाँ उपचारको क्रममा जेठ ७ गते दिउँसो साढे १ बजेतिर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारले शव अन्त्येष्टिको तयारी गरेको थियो। त्यसका लागि अस्पतालबाट एम्बुलेन्समा राखेर शव घरतर्फ लगेका थिए। अन्त्येष्टि गर्न लागेको खबर पाएपछि प्रहरीले बिहीबार बिहान पौने ७ बजेतिर बालिकाको शव नियन्त्रणमा लिएको हो।

शव खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अहिले बालिकाको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको छ। प्रहरीले अनिका तामाङलाई नियन्त्रणमा लिएको लिएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार