Logout

चर्चामा

आज संसद् बैठक बस्दै, सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची

493 Shares

काठमाडौँ । आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ।

जुन विधेयक विवादित छ। २०७६ पुस १३ मा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत राख्दाराख्दै संसदको विकास तथा प्रविधि समितिले उक्त विधेयक बहुमतले पारित गरेको थियो।

यस्तै आजको संसद् बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

हेर्नुहोस्, आजको सम्भावित कार्यसूची :

samsad 26Chait business

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार