Logout

चर्चामा

मानव अधिकार आयोग : तीनकुने घटनाबारे अनुसन्धान सकियो, केही दिनमै बाहिर ल्याउँछौं

520 Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा भएको बताएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्व. सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रूत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् । अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको पनि उनले बताइन् ।

‘तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेस्टिगेसन (अनुसन्धान) भन्दा पनि फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो । अनुसन्धान शुक्रबार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ,’ उनले भनिन्, ‘सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले के देख्यौं, के पायौं । र, हामी राज्यको ध्यानाकर्षण गराउँछौं ।’ अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने उनले बताइन् । ‘राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं ।

अनुसन्धान पूर्ण रुपमा सकिइसकेको छ,’ उनले भनिन्, ‘हामीले यहाँ भएको ह्युमन रिसोर्सभन्दा पनि कस्तो किसिमको गोली चलाइएको हो, कस्तो छर्रा लागेको हो । दुई जना विज्ञहरु हायर गरेर कमिटी बनाएर सो कमिटीले रिपोर्ट तयार पारेको हो । सुक्ष्म अनुसन्धान गर्नुपर्ने विषय भएकाले अलि समय लागेको हो । प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनाले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानबिनका लागि आयोग समक्ष आग्रह गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार